वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी “इन”, डोरमणि “आउट”
बाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड–नेपाल समूहको बैठकले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो ।
Advertisement 1
नेकपा विभाजन पछि प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन हो।
नेतृ अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर उनलाई चयन गरेको हो ।
Advertisement 2
शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदनमात्र गरेको छ ।
मुख्यमन्त्री पौडेल ओली समूहका हुन् ।
बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
Advertisement 3
बागमती प्रदेशमा नेकपाका ८१ जना संसद छन् । जसमध्ये ४५ जना शाक्यको पक्षमा रहेको स्रोतले जानकारी दियो । बागमती प्रदेशमा जम्मा प्रदेश सांसदको संख्या ११० रहेको छ ।