कसैलाई माथैमाथ कसैको पुर्पुरोमा हात

निर्वाचन आचारसंहिता लाग्नु अघि सरकारले ठूलो संख्यामा नियुक्ति टुंग्याएको छ । विगत लामो समयदेखि रिक्त रहेको उद्योगमन्त्री नियुक्तिदेखि,२० देशमा राजदुत नियुक्तिको काम तमाम पारिएको छ । यस्तै नेपाल टेलिकमका प्रवन्ध निर्देशक,समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष,हेटौंडा सिमेन्ट उद्योगको नियुक्ति समेत हिजैको क्याविनेटले टुंग्याएको छ ।

Advertisement 1

कुनै पनि राजनीतिक नियुक्ति भेट्नका लागि वाञ्छनीय योग्यता के हुनुपर्दछ ? सरकारले तोकेको मापदण्ड नपुगेको पनि हुन्छ । नातागोता,आफन्त वा द्रव्य चढाउन सक्ने अत्तिरिक्त योग्यता भएको खण्डमा सरकार आफैंले बनाएको मापदण्ड संशोधन गरेरै भए पनि यस्ता पात्रलाई नियुक्ति गरेरै छाड्छ भन्ने दृष्टान्त देखियो हिजोको क्याविनेटमा पनि ।

यसरी नियुक्ति गरिँदा कोही नेताका ज्वाई,साढुभाईले नियुक्ति पाएका छन् त केही म्यानपावर व्यवसायी पनि परेका छन् । अझैं रोचक त अमेरिकाको पिआरधारीले समेत राजनीतिक नियुक्ति पड्काएका छन् । सरकारले हिजो एकै पटक २० देशका राजदुत नियुक्त गरेको छ । जहाँ राजनीतिक कोटाबाट १२ जना र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । राजनीतिक कोटाबाट राजदूत सिफारिस हुनेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी ज्वाईं कैलाश पोखरेल परेका छन् । श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन् ।यस्तै जसपाका नेता नवराज सुवेदीसम्म छन् ।पोखरेल अष्ट्रेलिया र सुवेदी साउदी अरबका लागि सिफारिसमा परेका छन् ।

Advertisement 2

यसअघि ओमानका लागि राजदूत रहेकी शर्मिला पराजुली ढकाललाई फेरि स्पेनका लागि सिफारिस गरिएको छ ।म्यानपावर व्यवसायी पराजुली पछिल्लो ०७३ साल यताका तीन वटै सरकारले पत्याएर राजदुत बन्न सफल महिला हुन । ०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओमनको राजदुत नियुक्त भएकी थिइन । त्यसपछिको काँग्रेस माओवादीको सरकार होस वा अहिलेको गठबन्धनको सरकार उनी राजदुतमै नियुक्ति मिलिरहेको छ । यस अघि ओमनको राजदुत बनेकी शर्मिलालाई अहिले स्पेनको राजदूत सिफारिस गरेको छ । माओवादी केन्द्रको कोटामा परेको चीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन् । उनी माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख हुन् ।

त्यस्तै, मिलन तुलाधर रसिया र शान्ता रिजाल इजरायलका लागि राजदूत सिफारिस हुँदा परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी पनि परेका छन्। उनी भर्खरै बेलायतबाट फर्किएर मन्त्रालयको प्रोटोकोल डिभिजन चीफमा कार्यरत थिए । परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएका छन् । परराष्ट्रमा अहिले पछिल्लो बढुवाका तीन जनाले राजदूतमा अपेक्षा गरेका थिए उनीहरु हुन्, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल र सुरेन्द्र यादव । यी तीनै जनालाई जिल्लाउँदै फेरि दुर्गाबहादुर सुवेदी राजदुतमा सिफारिस भएका छन । परराष्ट्र मन्त्रालयको बिजोग कस्तो भने, अहिले दुई जना सहसचिव घनश्याम र तेजबहादुरलाई एम्बास्डर रुममा राखिएको छ । यी दुबै गुल्मीका हुन् ।

Advertisement 3

उता वासिङ्गटन डिसीस्थित दूतावासको रिक्त दरबन्दीमा कुमार खरेल गइसके । तर, न्यूयोर्कबाट घनश्याम भण्डारी फर्किएपछि ६ महिनादेखि त्यहाँ कसैलाई पठाइएको छैन । उनी त्यहाँ दुई बर्षमात्रै बसे । चीनमा पनि खाली भएपछि भर्खरै उक्लिएका कौशलकिशोर रायलाई काजमा खटाइएको छ । उनी पहिला उपसचिव हुँदा पनि बेइजिङमै थिए । सुशील लम्साल फर्किएपछि चीन जान अरुले मानेनन् । राय अघिल्लो हप्ता एमाले प्रतिनिधिमण्डलसँगै कार्गो उडानबाट बेइजिङ उडेका हुन् । त्यहाँ अहिले उपसचिव पनि खाली छ । राहदानी विभागमा रहेकी सविता नकर्मीलाई जान भनिएको छ । उनी क्यानाडाबाट फर्किएकी हुन् ।

 

प्रकाशित :२०७८ चैत्र २८, सोमबार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry