आफ्ना कर्मचारीलाई ६ करोड बोनस खुवाउने आयल निगमको तयारी
विश्व नै कोभिड–१९ को प्रभावले तहसनहस भएर इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमको नाफामा वृद्धि गर्यो । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु १३ अर्ब नाफा आर्जन गर्न सफल रह्यो ।
पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा रु १२ अर्ब ८७ करोड नाफा आर्जन गर्न सफल रह्यो ।
प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।
ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष नाफा आर्जन गर्न सफल भयो । पछिल्ला ५ बर्षको तुलनामा यो उच्च नाफा आर्जन हो । आयल निगमले आर्थिक बर्ष २०७२/ ७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/ ७४ मा रु ९ अर्ब ४५ करोड, २०७४/७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/ ७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रु १२ अर्ब ८७ करोड नाफा आर्जन गरेको थियो ।
नाफामा उल्लेख्य बृद्धि भएको कारण आयल निगमले यस पटक कर्मचारीलाईलाई बोनसमा झण्डै ६ करोड खर्चने तयारी गर्दैछ ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले कर्मचारीहरुलाई बोनस वितवरण गर्ने सन्र्दभमा अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको छ ।
केही दिन अघि बसेको आयल निगम सञ्चालक समितिको बैठकले बोनस वितवरण गर्न सरकारसँग अनुमति माग गरेको हो ।
आयल निगमले आफ्ना कर्मचारीहरुलाई झण्डै ६ करोड रकम बोनस बराबर वितवरण गर्न लागेको हो । अहिले आयल निगमको बोनस कोषमा २९ करोड रहेको छ ।
आयल निगमले सहायकस्तरका कर्मचारीलाई दुई महिना १५ दिनको र अधिकृत वा सोभन्दा माथिल्लोस्तरका कर्मचारीलाई २ महिनाको तलबबराबरको रकम बोनस वितरण गर्ने तयारी गर्दैछ ।