दुई पूर्व सचिव अख्तियारको फन्दामा

समुदायका वनका दुई पूर्व सचिव अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Advertisement 1

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूले वनमा वृक्षारोपण र तार घेराको नाममा खर्च देखाइ भ्रष्टाचार गरेको पाइएको छ ।

वनका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको हो आयोगले जनाएको छ । दिपक थापा मगरले दुई लाख ९३ हजार ३७२ रुपैयाँ र जनक थापाले ७० हजार ८५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

प्रकाशित :२०७८ चैत्र ६, आईतवार १८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry