७० करोड प्रकरणमा जोडिएका पौडेल टेलिकमका प्रवन्ध निर्देशक नियुक्त
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । निर्वाचन आचारसंहिता लाग्नुपूर्व आज एकै पटक धेरै राजनीतिक नियुक्ति गर्दा पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
Advertisement 1
टेलिकमको प्रवन्ध निर्देशकका लागि संगीता पहाडी अर्याल, सुरजसिंह थापा र सुशील पौडेलको नाम सिफारिस भएको थियो। तीन जनामध्येबाट पौडेललाई नियुक्त गरेको हो । पौडेल सुचना प्रविधि केन्द्रमा कार्यरत छन्। पौडेल पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको समयमा ७० करोड प्रकरणमा पनि तानिएका थिए।
टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भए कै बेला सरकारले टेलिकममा टेलिकम बाहिरको व्यक्तिलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो । पहिलो पटक टेलिकममा टेलिकम बाहिरको व्यक्तिलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।