शक्तिशाली तर अस्थिर विभाग :- सात बर्षमा फेरिए आठ डिजी

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको शक्तिशाली राजश्व अनुसन्धान विभागलाई अस्थिर बनाइएको छ । विभाग पहिलो हाकिम हुन लोकमान सिंह कार्की । त्यसपछि क्रमश त्यहाँका हाकिम बने, तीर्थराज शर्मा ज्ञवाली, नुतनराज श्रेष्ठ, टिकादत्त निरौला, तीर्थराज शर्मा ज्ञवाली हुँदै दिप वस्न्यातले ०५८ साल भदौं २८गते देखि २०६१ साल साउन २६ सम्म तलाए । त्यसपछि माधव प्रसाद ढकाल, केशव प्रसाद भट्टराई, आत्माराम पाण्डे, टंकमणी शर्मा, महेश प्रसाद दहाल,श्री शान्त बहादुर श्रेष्ठ, जन्म जय रेग्मी हुन्ँदै खुम राज पुञ्जाली त्यहाँका हाकिम बने ।

Advertisement 1

पछिल्लो सात बर्षमा मात्र त्यहाँका आठ जना हाकिम परिवर्तन भएका छन् ।

Advertisement 2

आठ महिना अघि त्यहाँ पुगेका प्रकाश पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानेर त्यहाँ झलकराज अधिकारीलाई खटाइएको छ । अधिकारी झण्डै पाँच महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा राखिएका थियो । उनलाई राजश्वमा लैजानकै लागि सामान्यको जगेडाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको थियो । अधिकारी यसअघि सहकारी विभागको रजिष्टार समेत रहेर काम गरिसकेका कर्मचारी हुन ।

यस्का अलवा यस अघि ठूला करदाता कार्यालयमा कर अधिकृत पदमा रुपमा रहेर समेत काम गरिसकेका उनलाई राजश्व अनुसन्धान विभागमा पठाइएको हो । पौडेल अघि सो विभागको कमाण्डर थिए रामप्रसाद आचार्य उनले पनि सो विभाग सात महिनामात्र सम्हाल्न पाए । त्यसअघि २०७७ फागुन २८ सम्म विभागको कमाण्ड दीर्घराज मैनालीले सम्हालेका थिए । विभागको नेतृत्व सबैभन्दा लामो समय गर्ने भाग्यमानी हाकिम मैनाली मात्र हुन । उनले २९ महिना राजस्व हाँक्ने अवसर पाएका थिए ।

Advertisement 3

विभागको पहिलो हाकिम थिए बालकृष्ण घिमिरे उनले १३ महिना राजश्वको कमाण्ड सम्हाले । त्यसपछिका सहसचिव रामशरण चिमोरिया जम्मा ५ महिनामात्र त्यहाँका हाकिम बने । उनी पछि सहसचिव निर्मलहरि अधिकारीले १३ महिना राजश्वको बागडोर सम्हाले । अधिकारी पछि राजश्वका हाकिम बनाइएका थिए रामकृष्ण सुवेदीलाई । सुवेदी २०७३ फागुन १२ देखि २०७४ साउन २५ सम्म जम्मा ५ महिना त्यहाँका हाकिम बनेका थिए । उनी पछि सहसचिव भुपाल बरालले सो विभागको कमाण्ड २०७४ भदौ १ देखि २०७५ वैशाख २८ सम्म ८ महिना कमाण्ड गर्ने अवसर पाएका थिए ।

प्रकाशित :२०७९ असार १५, बुधबार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry