हरेक शनिबार एलभीनेङ स्कुटरको एक्सचेन्ज मेला

एलभीनेङ स्कुटर को आधिकारिक विक्रेता तथा वितरक ईभी मोटरस् नेपालले हरेक शनिबार बिहान ११ देखि ४ बजेसम्म एक्सचेन्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ।

Advertisement 1

यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु १५ हजारसम्म प्राप्त गर्न सक्ने ईभीले जनाएको छ। त्यसबापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ एलभीलेङ स्कुटर खरिद गर्न सकिने व्यवस्था छ। यसरी खरीद गरिएको स्कुटरमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने सकिने ईभीले जनाएको छ।

एलभीनेङ ईभी नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो। यसमा एलजी वा सामसुङको लिथियम ब्याट्री राखिएको छ। यसमा जर्मनीको बोस्क मोटर रहेको ईभीले बताएको छ।

Advertisement 2

ईभी मोटरस् नेपालले विद्युतीय स्कुटरको प्रयोग गर्न सुझाव दिएको छ। एलभीनेङ स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू ९३ हजार बचत गर्न सकिने ईभीले जनाएको छ।

ईभीले एक्सचेन्ज मेलामा सहभागी भई वासिङ र सर्भिसिङको फाइदा लिन आग्रह गरेको छ

प्रकाशित :२०७८ चैत्र २२, मंगलवार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry