सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दार्चुलाका गणेश ठगुन्नालाई,कस्तो छ उनको बिगत ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तार गरेका छन् । ८ मन्त्री र १ राज्यमन्त्री थप्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यस्तै प्रधानमन्त्री ओलीले ६ मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । जसमा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्यमा पठाइएको छ भने त्यहाँबाट भानुभक्त ढकाललाई पर्यटनतिर पठाइएको छ ।
यस्तै भूमि सुधार मन्त्री पद्मा अर्याललाई कृषि,कानुनमन्त्री शिवमाया तुम्बाम्फेलाई भूमि सुधारको जिम्मेवारी दिइएको छ ।
यस्तै शहरी विकासबाट कृष्णगोपाल श्रेष्ठलाई शिक्षातिर लगिएको छ भने कानुन मन्त्रालयको जिम्मेवारी चाहिँ लीला श्रेष्ठले पाएका छन् ।
नेकपा केन्द्रीय सदस्य गणेश ठगुन्ना पहिलो पटक मन्त्री भएका छन्। उपाध्यक्ष वामदेव गौतम कतै नखुलेपछि उनी निकट मानिने ठगुन्ना ओली कित्तामा उभिएका थिए। ओली कित्तामा आएपछि ठगुन्नाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
२०२५ मंसिर २२ गते दार्चुला सदरमुकामको तत्कालीन खलंगा गाविस वडा नम्बर १ ९हाल महाकाली नगरपालिका ५० मा जन्मिएका गणेशसिंह ठगुन्ना विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय छन्। उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना भएका उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध भए। २०४५ सालमा काठमाण्डौं(दार्चुला सम्पर्क मञ्चको अध्यक्षसमेत भए। त्यसपछि राजनीति गर्नका लागि दार्चुला फर्किएका उनी २०४८ सालमा एमालेको जिल्ला कमिटी सदस्य भए। राजनीतिक सक्रियताका साथै समयमा ठगुन्नाले हुस्कर मावि काँटैको गणित र विज्ञान विषय अध्यापन गराए। दार्चुलामा एमालेको संगठन विस्तार गर्नेमध्येका प्रमुख नेता मानिएका ठगुन्ना ९ महिना शिक्षकको जागिर खाएपछि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न पुगे। उनी २०५० सालमा पार्टी सचिव भए। कुशल संगठकका रुपमा रुपमा परिचित ठगुन्ना २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला सभापतिमा निर्वाचित भए। उनले एमालेका चर्चित नेता प्रेमसिंह धामीसँग मिलेर पार्टीलाई स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेले। ठगुन्नाले २०६३ मा तेस्रो पटक पार्टी जिल्लाको सचिवमा निर्वाचित भएका थिए। पार्टी अध्यक्ष प्रणालीमा गएपछि उनी २०६६ मा जिल्ला अध्यक्ष निर्वाचित भए। ठगुन्नाले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवारी दिए पनि माओवादी नेता लक्ष्मीदत्त जोशीसँग पराजित बने। तर, २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा भने ठगुन्ना निर्वाचित भए। उनले नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता दिलेन्द्रप्रसाद बडू र माओवादी उम्मेदवार ललितसिंह ठगुन्नालाई पराजित गरे। विज्ञान विषयमा स्नातक गरेका ठगुन्ना हाल नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन्।

Advertisement 1

भारतले मिचेको लिपुलेक,लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भूमि भएको बिषयले उनले लामो समय अध्ययन गरी तथ्य र तथ्यांक संकलन गरेका थिए ।

प्रकाशित :२०७७ पुष ११, शनिबार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry