आइएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था

आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई ई‐लर्निङमार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा.लि. सँगको सहकार्यमा ई‐लर्निङ प्रबर्द्धन अभियान सुरु गरेको छ।
Advertisement 1
सोही अभियान ८ चैतदेखि ३१ बैशाख २०७९ सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको बताईएको छ।
कम्पनीकाअनुसार यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ।
Advertisement 2
लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंकमा क्लिक गरेर मिदास ईक्लास (MiDas eCLASS) सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन्।
एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई-लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन्।
Advertisement 3
सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन्। तर ई-क्लासले पाठअनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्ने बताईएको छ।
अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ। मिदास ईक्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वःअध्ययन गर्ने बानीको पनि विकास हुँदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको कम्पनीले जनाएको छ।