लोकसेवामा भष्मासुर नीतिको प्रयोग र प्रभाव

दुर्गाप्रसाद फुयाल –
Advertisement 1
कोरोना कहरको ४१ औं दिनसम्ममा सरकारको उपसना नगरेकोमा मन खिन्न छ यहि सरकारको सेवामा रहँदा पनि । नेपालको संबिधानको धारा २८५ ले गठन गरेको सरकारी सेवा र संबैधानिक आयोगको रुपमा कार्य गर्न भाग २३ धारा २४२, ,२४३, २४४ मा ब्यवस्था गरि लोकसेवा आयोगले नागरिक सेवा प्रवाहका लागि योग्यता प्रणालीमा आधारित नियमित जनशक्ति उत्पादन, सिफारिससहितको जिम्मेवारी पाएको बिषय सबैमा जानकारी नै छ । राजनितीबाट निर्मित नितिको सहयोगी अनि कार्यान्वयनकर्ता तटस्थ बौद्धिक रुपमा प्रशासनिक जिम्मेवारी र स्वास्थ्य लगायत अत्यावश्यक सेवा समेतको सार्वजनिक सरोकारको पूर्ण जिम्मेवारी र अग्रपंङ्तिमा रही नीतिनिर्माताको रुपमा सहयोगी र कानुन बमोजिमको कार्य जिम्मेवारी पूरा गर्ने एक समूह हो सार्बजनिक प्रशासन । अझै भन्नु पर्दा तोकिएको शैक्षिक र व्यावसायिक योग्यतामा आधारित एबं प्रतिस्पर्धामा आधारित परीक्षा उत्तिर्ण गरी सार्वजनिक सेवामा सिफारिस गरिएको बौद्धिक जमात हो सार्बजनिक सेवा ।
संविधान कार्यान्वयनको जिम्मा सरकार र संबैधानिक अंगको विशेष हुने गर्छ । नागरिकले त पालना मात्रै गरे पुग्छ । नेपालको आजको जनसंख्या झण्डै २ करोड ९१ लाख ३६ हजार ८०८ को आधारमा सेवा प्रवाह गर्न हरेक क्षेत्रमा जनशक्तिको उत्पादन गर्दै नियमित पदपूर्ति र नयाँ भर्ना गर्नु पर्ने निकायलाई कुँजो बनाउन खोज्दा स्थिति सरकारकै डगमगाउन सक्छ भन्ने भुल्न हुन्न । अहिले कार्यरत राष्ट्रसेवक कर्मचारीको संख्या झन्डै एक लाख हाराहारीले सेवा प्रवाह गर्न नसकेर गुनासोको चाङ नै लागेको अबस्था छ । जनसंख्याका आधारमा कम्तिमा ३ प्रतिशत राष्ट्र सेवक निजामती कर्मचारी, (न्यायाधीश समेत) र सेना, प्रहरी , स्वास्थ्यकर्मी, संसद सेवाका कर्मचारी, शिक्षक, लगायत अन्य सरोकारवाला सेवा प्रदायक निकायका लागि थप गर्दा झण्डै कुल जनसंख्याको ५ प्रतिशत सार्वजनिक सेवाप्रदायक पुर्याउनु पर्नेमा यस्तो सम्वेदनशील जनशक्ति उत्पादनमा बिज्ञापन गरि परीक्षा समेत तोकिएको र केहिको प्रशासन तर्फको एक चरणको परीक्षा समेत भैसकेको अबस्थामा अब परीक्षा बाँकी भएका प्राबिधिकतर्फ र नयाँ भर्नाका लागि नयाँ बिज्ञापन खोल्न समेत हाललाई स्थगित गर्नु भन्नू लोकसेवा आयोगको संबैधानिक सर्बोच्चता माथिको आक्रमण हो ।
Advertisement 2
नेपालको स्थायी सेवक सार्बजनिक सेवाप्रवाहको नागरिक सेवक प्राबिधिकहरु डाक्टर, इन्जिनियर, स्वास्थ्यकर्मी, सरसफाइकर्ता, खानेपानी ब्यबस्थापक, बिपत ब्यबस्थापनका लागि चाहिने प्राबिधिकहरु झनै धेरै चाहिने अबस्थामा ती प्राबिधिकहरुको परीक्षा र बिज्ञापन रोक्नु देशलाई अझै खतराको दिशानिर्देश गर्नु हो कि, हालको जनशक्ति अझै धेरै परिचालन गर्नु पर्नेमा स्वास्थ्य पनि सुरक्षा पनि सेनाले वा प्रहरीले हेर्दा देशको सीमाको रक्षा वा बाह्य सुरक्षा कसले हेर्छ ? प्रहरीले आन्तरिक शान्तिसुरक्षाको काम गर्नु पर्नेमा लकडाउनका कारण नागरिक सेवामा प्रहरी मात्रै हो जस्तो वातावरण देखिएको छ ।
तथ्यांक अनुसार हाल भैरहेको कर्मचारी, सेना, प्रहरी स्वास्थ्यकर्मी, डाक्टर लगायत सेवा प्रदायक जनसंख्याका आधारमा र अहिलेको बिपतमा अझै नपुग छ । स्थानीय, प्रदेश सरकारले आफू खुशी करारमा विभिन्न कर्मचारी पदनाममा मनोनयन गरेका छन् । संघीय सरकारका कतिपय निकायमा पनि करार नै स्थापित छन् । के हामीले लोकसेवाको नियमित कार्यक्रम रोकेर करारमा सार्बजनिक सेवा र देशलाई संचालन गर्न खोजेको हो भने पनि करारलाई पनि योग्यता प्रणालीमा लैजान लोकसेवा नै चाहिने आवश्यकता छ । लोकसेवालाई त झन अहिले बिपतको बेलामा देशमा भएका बौद्धिकहरु कहाँ कहाँ छन् कसरी काममा लगाउने सल्लाह लिने समय हो नि । हालै रोकिएको परीक्षा १० देखि १२ सम्मकोमा अझै जनशक्ति बढाएर परीक्षा केन्द्र थप गरेर भिड कम्तिमा घटाउने गरि परीक्षा संचालन गर्नु पर्ने अवस्था नियालेर हेरौं । परीक्षा केन्द्र थप्न जनशक्ति चाहियो नि त्यस्तै अन्य सेवालाई पनि जनशक्ति कम हुन नदिउँ ।
Advertisement 3
नेपालको जनसंख्या बमोजिम सेवा प्रदायक वृद्धि गर्नु सट्टामा सरकारलाई भष्मासुर सल्लाह दिएको हो कि ? पौराणिक कालमा महादेव भगवानको भष्मबाट उत्पन्न महाबिर असुर भष्मासुरले महादेवकै कठोर तपस्याबाट मैले जसको शिरमा हात राख्छु उm भस्म होस् भन्ने बरदान पाए । तपस्वी असुरले धेरै नै जनहरुमा दुःख दियो र आफूलाई प्राप्त बरदानको दुरुपयोग गर्न सुरु गर्यो । यतिसम्म की जो बिधाता उनै महादेवकै शिरमाथि हात राख्न खोज्यो । असुर महादेवलाई लखेड्दै हिडेका बखत भगवान् बिष्णुले रुप बदलेर मोहीनी नामकी रुपवती युवतीका रुपमा भगवान विष्णु असुरको नजरमा रहनुभयो । महादेवलाई खेद्न छाडेर ती असुर मोहिनीसँगसँगै नाच्दै मोजमस्ती गर्न तिर लागे । मोहीनीसँग नाँचगान चलिरहेको बेला मोहिनीले आँफैसँग आफ्नो जसरी नाच्ने नर्तकसँग बिहे गर्ने भने पछि असुर रूपवती मोहीनीलाई आफ्नो बनाउन मोहीनी जस्तो नाच्छे उस्तै नाच्न थाल्यो । त्यही बखत मोहीनीले नृत्य गर्दा आफ्नो हात आफ्नै शिरमा राख्छिन् । ती असुरले पनि नाचकै तालमा आफ्नो हात आफ्नै शिरमा राख्न पुग्छ र भष्म हुन्छ । असुरले मोहिनीसँगको सामिप्यताका कारण जसरी आफ्नो बरदान भुल्यो आज सरकारलाई पनि त्यस्तै कसैले गलत सल्लाह दिएको छ र असुरलाई जस्तै भुलाउन खोजेको छ कि । सायदै एक संबैधानिक निकायले देशभर सेवादायी कर्मचारी उत्पादनमा गर्ने भर्ना प्रक्रिया परीक्षा रोक्न सल्लाह दिनेहरु, याद रहोस् इतिहास सदैब गर्ने, गराउनेको पक्षमा हुन्छ न कि रोक्ने रोकाउनेको पक्षमा ।
माथि उल्लेख गरिएको भष्मासुरको जस्तो आफैंलाई र आफ्नालाई भुल्ने प्रवृत्तिले नेपालको सार्बजनिक सेवामा दूरगामी असर गर्ने तर्फ सरकारको ध्यान पुगोस् । सार्बजनिक सेवा प्रवाहमा आवश्यक जनशक्ति पूर्ति योग्यता प्रणालीमा आधारित बनाएर लोकसेवाको साख नगिराइयोस् । सेना, प्रहरी, सार्बजनिक सेवाको प्राबिधिकतर्फको र सार्बजनिक सेवा तर्फ भएका सबै बिज्ञापनलाई रोक्ने, परीक्षा रोक्ने निर्णयमा पूनर्बिचार गरि लोकसेवाको नियमितता कायम गरियोस् ।
बेरोजगारी दर घटाउने सरकारको लक्ष्यमा र रोजगारी बढाउने नीतिमा सहयोग पुग्ने गरि अहिले भएको आम निजामती नीतिनिर्मातालाई लकडाउनमा नराखी जनसंख्यामा आधारित हरेक सेवासमुहको संगठन संरचना तयार गरि सोही अनुरुपको भर्ना, परीक्षा , सेवा प्रवाह संचालन नै अहिलेको बिपतमा अत्यावश्यक हो ।
सायदै जन्मनु र मर्नु बीचको समय अबधिले मात्र जीवनको परिभाषा पुग्दैन, त्यस्तै आशा पनि पूरा सबैका हुन्नन तर प्रयत्न भने सकारात्मक सोचसहितको सुखद परिणामको लागि गरौं। ठेस लाग्ने ढुङ्गाहरु लुकेर बसेका हुन्छन् , जोगिएर हिड्ने भनेको हिड्नु नै पर्नेले हो, त्यसैले सरकारले नै हो ठेस खाने पनि र हिड्ने पनि । परीक्षा पनि रोकिएको विद्यार्थीकै वा लोकसेवा तयारी गरिरहेका होनाहार युवा जो देश सेवा गर्न चाहन्छन् तिनीहरु कै हो । त्यसैले सरकारले छिटोभन्दा छिटो विद्यार्थीको भविष्य जोडिएको विषय र लोकसेवाको परीक्षा तुरुन्त गराउन आवश्यक पहल गरोस् । अध्ययन गरोस् की सल्लाह सानोको नै किन नहोस् त्यो नागरिक मैत्री छ भने प्रभावकारी गराएर कार्यान्वयन गरोस् ।
लोकतन्त्रमा स्थायी शासन, नयाँ युगान्तकारी नविनतम विकास र सबै प्रकारका सेवा प्रवाह गर्ने र त्यसको प्रत्यक्ष लाभ नागरिकलाई सरकारका तर्फबाट वितरण गर्ने, सरकारको अस्तित्व दर्शाउने कार्य गर्ने वैधानिक र विधिसम्मत समन्यायिक कार्य गर्ने विशिष्ट बिज्ञहरुको छनौट, प्रतिश्पर्धा र सिफारिस रोक्दा राज्यको उपस्थिति कसरी देखिएला ? एकातिर कोरोना कहर छ, मनमा त्रासदी छ, अर्कोतर्फ सरकार चर्केको, टेका लगाएको घरमा सुत्नु पर्दा घरै नभत्के पनि निद्रामा पनि झसंग झसंग हुने गर्छ मन । त्यस्तै हो परीक्षा रोकिएका परीक्षार्थीलाई । न रात निद्रा न दिन भोक, झसंग झसंग छन् । दूरदर्शिता अपनाएर मात्रै सरकारले कार्य गरे हुने भन्ने नेपालीहरुको चाहनामा कतै पनि गलत अभ्यास र गलत राक्षसी आँखा नपरोस् ।