के हो प्रिंयका कार्की प्रकरण,सिआइबीले किन गर्दैछ उनीमाथि अनुसन्धान ?

चर्चित नायिका प्रिंयका कार्की नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सीमा जोडिएको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान प्रारम्भ गरेको छ । एक एपमार्फत क्रिप्टोकरेन्सी प्रवद्र्धन गर्ने गरी विज्ञापन गरेको देखिए पछि प्रहरीले नायिका कार्कीमाथि अनुसन्धानको सुँइ सोझाएको हो ।
डिजिटल मुद्रा अर्थात क्रिप्टोकरेन्सी जस्लाई नेपाल सरकारले अवैद्य भन्दै आएको छ । सोही प्रकरणमा जोडिएकी नायिकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले छानबिन अघि बढाएको जनाएको छ । सामाजिक सञ्जालमा अभिनेत्री कार्कीले क्रिप्टोको विज्ञापन प्रमोट गरेको देखिएसँगै कार्कीको संलग्नताबारे सोधपुछका लागि बोलाएका र आज बयान लिइएको सिआइबीका अधिकारीहरुले जनाएका छन ।
क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा सिआइबीले कार्कीलाई कार्यालयमै बोलाएर प्रहरीले छानबिन शुरु गरेको होर उनीसँग बयान लिने काम भइरहेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले बताएका छन् । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार नगर्न सचेत गराउँदै अन्यथा कानुनी कारबाही हुने चेतावनी दिँदै आएको छ । तर,क्रिप्टोको कारोबारी समातिने क्रम भने रोकिएको छैन ।

प्रकाशित :२०७८ चैत्र ६, आईतवार १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry