अब सिंहदरबारभित्रका कर्मचारी सामान्य स्वास्थ्य परिक्षण गर्ने कार्यालय छाडेर बाहिर जानु नपर्ने

अबदेखि सिंहदरबारभित्रका कर्मचारी सामान्य स्वास्थ्य परिक्षणको बाहनामा कार्यालय छाडेर बाहिर धाउनु नपर्ने भएको छ । सिंहरबारभित्रै कार्यारत सात हजारभन्दा बढी कर्मचारीलाई लक्षित गर्दै सिंहदरबारभित्रै हेल्थ डेस्कको स्थापना भएको छ । यो सँगै स्वास्थ्य समस्याको कारण त्यहाँभित्रका कर्मचारी उपचारका लागि अस्पताल दौडनु पर्ने स्थिती रहनेछैन ।

Advertisement 1

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै आज पुन हेल्थ डेस्कको प्रारम्भ गरिएको हो । मुख्य सचिव शंकरदास वैरागीको स्वास्थ्य परिक्षण गर्दै हेल्थ डेस्कको स्थापना गरिएको हो ।  ७ हजारभन्दा बढी कर्मचारीलाई लक्षित गर्दै मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पुन हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हेल्थ डेक्सका प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले जानकारी दिएका छन् । । देशकै पूरानो वीर अस्पतालले सिंहदरबारभित्र हेल्थ डेक्स सन्चालनमा ल्याएको हो ।

यस अघि ७४ साल फागुन १६ मा मा हेल्थ डेस्क स्थापना गरिएको थियो । २ बर्षसम्म सेवा प्रवाह गरिरहेको हेल्थ डेस्क कोभिड १९ पछि बन्द हुन पुगेको थियो । हाल प्रधानमन्त्री कार्यालयको अनुरोध मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल ले आइतबारदेखि हेल्थ डेक्स प्रारम्भ गरेको हो ।

Advertisement 2

एक कार्यक्रमका बीच वीर अस्पताल का प्रमुख प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्र बस्नेत ले मुख्य सचिव शंकरदास बैरागीको स्वास्थ्य जाँच गरी शुभारम्भ गरिएको हो । सो हेल्थ डेस्क बिहान १० बजे देखी दिउँसो ३ बजे सम्म खुल्नेछ । वीर अस्पतालका २ चिकित्सक र ३ स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुने जनाइएको छ ।

हेल्थ डेस्कको कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पुर्वी प्रवेशद्वार सँगै साविक राष्ट्रिय पुर्नर्निर्वाण प्राधिकरण रहेको भवनमा रहनेछ । जहाँ अक्सिजन सहित वेड, स्वास्थ्य परीक्षण,वल्ड प्रेसर,वर्ल्ड सुगर, ड्रेसिङ्ग लगायत जाँच गरिन्छ भने सुविधासम्पन्न ऐम्बुलेन्ससमेत रहनेछ । स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइन्छ र स्वास्थ्य अवस्था र आवश्यक हेरेर सरकारी अस्पताल मा रेफर समेत गरिने कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचकोलाई कार्यालय छाडेर बाहिर धाउनु नपर्ने नपरोस, कार्यालय समयको बचत होस पनि भन्ने हेल्थ डेक्स को उद्देश्य गरिएको हो ।

Advertisement 3

डेस्कले कर्मचारीका साथै सिंहदरबार भित्र आउने सेवागाही लाई समेत स्वास्थ्य सेवा प्रदान गर्नेछ भने आवश्यकताको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान धाटी रोग,छाला,महिला रोग लगायत बिषेशज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको सिंहदरबार हेल्थ डेक्सका प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले जानकारी दिएका छन् । मुडभरीका अनुसार प्रधानमन्त्री कार्यालयको नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भएसँगै अहिलेको हेल्थ डेस्क प्रम कार्यालयकै पश्चिमतर्फको भुइ तल्लामा सर्नेछ ।

प्रकाशित :२०७८ चैत्र ६, आईतवार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry