संघीय निजामती ऐन अन्तिम चरणमा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको पनि बताए ।
Advertisement 1
शनिबार मन्त्रालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्यूनीकरण गर्न संघीय निजामती सेवा ऐन महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् । मन्त्री मोदीले तुलनात्मक रूपमा अझै पनि निजामती सेवाभित्र पहुँचविहीन कर्मचारीहरू रहेको भन्दै उनीहरुलाई सेवा अवधिभर विकट क्षेत्रमा बसेर सेवा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले आवाजविहीनलाई न्याय दिनेगरी ऐन निर्माण गरिएको बताए ।
“कर्मचारी प्रशासनमा रहेका विकृति र विसंगति अन्त्यका लागि कर्मचारी साथीहरुले जे गर्दा पनि छुट, खाली सरुवाबाहेक कारबाही केही होइन भन्ने नसम्झीकन निष्कासनसम्म गर्ने व्यवस्था हालौँ भन्ने मेरो लाइन हो । कानुनको दायरामा सबै बस्नुपर्छ । हामी अहिलेको ऐनको अन्तिम ड्राफ्टमा छौँ,” उनले भने ।नयाँ पुस्ताहरुलाई कानुनमा बाँध्नको लागि नयाँ कानुन निर्माण गर्न लागेको बताएका छन् ।
Advertisement 2