फेरि अर्काे हाकिममाथि हातपात

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको घटना सेलाउन नपाउँदै अर्काे कर्मचारीमाथि समेत हातपात प्रयास भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार भएको छ । अपरान्ह बुद्धनगरस्ति कार्यलयमा आएका केही सेवाग्रहीले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।
दर्जन बढी संख्यामा आएका सेवाग्राहीले उनीमाथि हातपातको प्रयास गरेका हुन । हात पात गर्नेहरु राजनीतिक दल निकटका कार्यकर्ता भएको बैदेशिक रोजगार विभाग स्रोतले जनाएको छ । सहसचिव काफ्लेमाथि हातपात प्रयास गर्नेहरुलाई वानेश्वर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित :२०७८ कार्तिक ७, आईतवार १८:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%