सरुवाको पत्रै गायब बनाइदिने एक पावरफुल उपसचिव :-जो दश बर्षदेखि बल्लो घर,पल्लो घर गरेरै खाइरहेछन जागिर

निजामती सेवाभित्र सबैभन्दा बढी विकृती कतै छ भने त्यो हो सरुवामा । कोही यस्ता निरिह कर्मचारी पनि छन्,जो तीन चार महिनौ भकुण्डोझैं हुत्यान्इन्छन् । अनि कोही यस्ता पावरफुल उपसचिवहरु पनि छन्,जो एक दशकदेखि काठमाडौं छाडेर कतै जानु पर्दैन । मन्त्रालय मातहतको सबैभन्दा बढी कमाइ हुने कार्यालयमै टिकिरहन्छन् । दश बर्षपछि बल्लतल्ल सरुवाको पत्र त बन्दछ तर सरुवाको पत्रै गायब गराएर उनी पुन त्यही कार्यालयमा फर्कन सफल हुन्छन् भने पक्कै पनि त्यहाँ केही गडबडी छ भनेरै बुझ्नुपर्ला ।

Advertisement 1

के  नियम कानुन भन्नु निरिह कर्मचारीलाई मात्र त लाग्ने का लागि मात्र हो ? होइन भने दश बर्षदेखि  उद्योग मन्त्रालय मातहतकै कार्यलयमा  ओल्लो घरबाट पल्लो घरमा सरुवा खाँदै बसेका कर्मचारीहरुको हकमा कुनै ऐन कानुनले छुन नसक्ने नै हो ? उपसचिव तुल्सीराम गैरे,यस्ता पात्र हुन् जो उद्योग विभाग र कम्पनी रजिष्ट्रारको कार्यालय चाहरेरै जागिर खाइरहेका छन् । उद्योग विभाग र कम्पनी रजिष्ट्रारको कार्यालय ओल्लो घर र पल्लो घरमा छ । केही समय उद्योगमा बस्दै त्यहाँ तलमाथि हुनासाथ कम्पनी रजिष्ट्रार गइहाल्छन् । यसप्रकार केही महिना अघि उनको सरुवा भएको थियो सिन्धुपाल्चोकमा । उनलाई गत माघको दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सरुवा गरेको थियो । तर उनी जिसस सिन्धुपाल्चोकमा रमाना बुझेर जाने भन्दा पनि सरुवा रोकेर कम्पनी रजिष्टार कार्यालयमै थमौती भइसकेका छन् । आफ्नो सरुवाको चिठी नै गायब बनाएर उनी पुन कम्पनी रजिष्ट्रारको कार्यालयमै पुगिसकेका छन् । उद्योगका अधिकारीहरुका अनुसार उद्योग सचिवले नै २ महिनासम्म पनि कम्पनी रजिष्टार कार्यालयमा दरबन्दी अनुसारको कार्यालय प्रमुख नपठाई गैरेलाई नै निमित्त दिएर पठाएका छन् । गत फागुनदेखि नै उनी कम्पनी रजिष्ट्राको निमित्तको जिम्मेवारीमा छन् । रजिष्ट्रार थिए, प्रदीपराज अधिकारी । बिहानैदेखि अफिस गएर सेवाग्राही अनुकूलका काम गर्ने मेहनती स्वभावका सहसचिव अधिकारीबाट काम चलेन भनेर उनलाई त्यहाँबाट हटाई उपसचिव तुलसीराम गैरेलाई निमित्त दिएर पठाइएको छ ।

‘होइन भने हाकिमलाई लखेटेर त्यहाँ किन निमित्तलाई पठाइन्छ ? महिनौंसम्म त्यहाँ किन हाकिम खटाउन सकिँदैन र निमित्तकै भरमा चलाइन्छ ?  यस्मा कस्को कुन स्वार्थले काम गरिरहेको छ ? अनि सिन्धुपाल्चोकमा सरुवा भएका उपसचिवलाई किन रमाना नदिइ कम्पनी रजिष्ट्रारकै कार्यालयमा पठाइन्छ ? के गैरे विना कम्पनी रजिष्ट्रारको कार्यालय नै नचल्ने हो ?’ उद्योगकै कर्मचारीहरुले उठाइरहेको प्रश्न हो यो ।

Advertisement 2


उता सरुवा भएको लामो समयसम्म समेत उपसचिव गैरेलाई रमाना नदिएको बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले चासो देखाए पछि उद्योग मन्त्रालयले भने उल्टै राष्ट्रिय सर्तकता केन्द्रको आँखोमा समेत छारो हाल्ने गरी पत्र काटेको छ ।

गत चैत्र २ गते उद्योगका शाखा अधिकृत दीपक दाहालले कम्पनी रजिष्टरको कार्यालयलाई काटिएको पत्रमा भनिएको छ,राष्ट्रिय सतर्कता केन्द्रको गत फागुन २७ को पत्रबाट बिगत दुई दशकदेखि उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको विभाग र कम्पनी रजिष्ट्रारको मातहतको कार्यालयमा बसेका तुल्सीराम गैरे,सरुवा भएको ठाउँमा नगइ कम्पनी रजिष्ट्राको कार्यालयमै बसेको भन्ने उजुरी प्राप्त भएकाले उनलाई सरुवा भएको निकायमा रमाना दिइ यस मन्त्रालयमा जानकारी पठाउनु ।
उनैको नाममा रमाना गरि जानकारी गराउने भन्दै उद्योग मन्त्रालयले पत्र काटेको छ ।

प्रकाशित :२०७८ चैत्र १०, बिहीबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry