नुवाकोट प्रशासनले अत्यावश्यक परेकालाई राष्ट्रिय परिचयपत्र तत्कालै दर्ता गर्ने

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तत्कालै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

Advertisement 1

उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको हो भन्ने कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ । “राष्ट्रिय परिचयपत्र बनाउन पालो प्रणालीअनुसार सेवा प्रदान गरिँदै आएकामा दर्ता स्टेशन एकबाट बढाई दुई बनाइएकाले पालो प्रणालीका लागि टोकन लिएर तोकिएको मितिको पर्खाइमा रहेका तर, अति जरुरी परेका सेवाग्राहीका लागि यही चैत ६ गतेदेखि आएको दिनमा नै सेवा उपलब्ध गराइने”, नुवाकोट प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

अत्यावश्यक हो÷होइन भनेर पहिचानको मापदण्ड स्वास्थ्योपचार, वैदेशिक यात्राका लागि भिसा स्वीकृति, कुनै प्रतियोगिता, सेमिनार, गोष्ठीलगायतमा सहभागी हुन सम्बन्धित निकायबाट सिफारिस गरिएको तथा निमन्त्रणा आएकोलगायतलाई आधार मानेर उक्त विषयसँग सम्बन्धित आवश्यक कागजात पेश गर्नुपर्ने प्रशासनले जनाएको छ ।

Advertisement 2

हाल चलनचल्तीमा रहेको मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई प्रतिस्थापन गर्दै विद्युतीय राहदानी अनिवार्य गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य गरिएको छ । सोही कारण नुवाकोटसहित देशभर नै राष्ट्रिय परिचयपत्र बनाउन चाहने सेवाग्राहीको सङ्ख्या धेरै देखिएको नुवाकोटका सहायक प्रजिअ अर्यालले बताए ।

“नुवाकोट प्रशासनमा हालसम्म एक दर्ता स्टेशनबाट नाम दर्ता गर्दा दैनिक २० हाराहारीका नागरिकले सेवा पाउँदै आएका छन्”, उनले भने, “राष्ट्रिय परिचयपत्र बनाउन आउनेको

Advertisement 3

सङ्ख्या दैनिक सयभन्दा बढी भएसँगै अत्यावश्यक व्यक्तिका लागि अर्को थप स्टेशन खडा गरिएकाले दु्रत सेवा दिन लागिएको हो ।”

विद्युतिय राहदानी बनाउन राष्ट्रिय परिचयपत्रको तथ्याङ्कसँग भिडाएर मात्रै बनाइने बाध्यकारी नीति अवलम्बन गरेसँगै सेवाग्राहीले समस्या भोग्दै आइरहेका छन् । राष्ट्रिय परिचयपत्रमा जस्तै विद्युतिय राहदानी बनाउन पनि दैनिक निश्चित सङ्ख्या (कोटा निर्धारण) तोकिएको हुँदा सेवाग्राहीलाई समस्या छ । तोकिएको समयमा अनलाइन आवेदनका लागि फारम खुल्ने र सोही समयमा भर्नेहरूले मात्रै बनाउन पाउने नयाँ व्यवस्था गरिएसँगै राहदानी बनाउन लामो समयसम्म पालो पखर्नुपरेको सेवाग्राहीको गुनासो छ ।

 

प्रकाशित :२०७८ चैत्र ४, शुक्रबार ०७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम