फर्जी जमानत बनाउने शाखा प्रबन्धक विरुद्ध मुद्दा

नक्कली बैंक जमानत बनाउने शाखा प्रबन्धकसहित चारजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Advertisement 1

सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टीरटौदहरफस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ मा बुझाउनुपर्ने अग्रिम भुक्तानी जमानी पत्र र सो जमानीपत्रको नवीकरण गरेको पत्र फर्जी बनाएको आधारमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले यो घटनामा तीनवटा निर्माण कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।बिटी निर्माण सेवा र निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी र टौदह कन्ट्रक्सनका प्रतिनिधि पुन्नबहादुर शाहीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित :२०७८ फाल्गुन २६, बिहीबार १८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry