घुस लिएपछि वडासचिव अख्तियारको फन्दामा

बारा जिल्ला कोल्वहवी नगरपालिका–११ का वडासचिव ३५ सय रुपैयाँ घूस मुद्दाको फन्दामा परेका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।

Advertisement 1

वडा सचिव (नासु) विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसका आएका सेवाग्राहीसँग ३५ सय घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि आयोगले बुधबार साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो । उनलाई गत माघ २० मा घूससहित पक्राउ गरिएको थियो ।

अनुसन्धानबाट वडा सचिव साहले जग्गा नामसारी सिफारिस प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको प्रमाणित भएको दाबी आयोगको छ । आयोगले वडासचिवसँग ३५ सय बिगो कायम गरी मुद्दा चलाएको हुँदा जरिवाना, सजायको माग गरेको छ । उनीविरुद्ध मुद्दा चलाएसँगै साह स्वतः निलम्बनमा पर्नेछन् ।

प्रकाशित :२०७८ फाल्गुन १८, बुधबार १७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry