भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ।

Advertisement 1

उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट श्री माधव राज आचार्य, डा. हिमाल भट्टराई, श्री राजेश्वर दुवाल, श्री टंक प्रसाद सुवेदी तथा श्री सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट श्रीमती जेलिना श्रेष्ठ निर्वाचित भएकि छन् भने साधारण सभाले स्वतन्त्र संचालकमा श्रीमती रीता गौतमलाई मनोनयन गरेको छ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो। कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो।

Advertisement 2

नवनिर्वाचित सम्पूर्ण संचालकज्यूहरुलाई हाईड्रोपावरको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रकाशित :२०८३ जेष्ठ २९, शुक्रबार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry