सरकारको नयाँ व्यवस्था: कृषि उपजको दैनिक मूल्य अब मोबाइलमै

काठमाडौं। कृषि विभागले देशका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य मोबाइल एपमार्फत उपलब्ध गराउन सुरु गरेको छ। यससँगै कृषक, व्यापारी तथा सरोकारवालाले बजारको मूल्य सूचना अब सहज रूपमा मोबाइलबाटै प्राप्त गर्न सक्ने भएका छन्।

Advertisement 1

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १ सय कार्यसूचीअन्तर्गत कृषि उपजको बजार सूचना प्रणालीलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने लक्ष्यअनुसार विभागले ‘ब्ःएक्ष्क् ल्भउब’ि नामक मोबाइल एप सञ्चालनमा ल्याएको हो। विभागले साउन १२ गतेदेखि उक्त एप औपचारिक रूपमा सञ्चालनमा आएको जनाएको छ।

विभागका अनुसार सरकारीस्तरबाट सञ्चालित कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीका गरी १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य एपमार्फत उपलब्ध हुनेछ।

Advertisement 2

एपमा कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीचको मूल्य तुलना, मूल्यको प्रवृत्ति (एचष्अभ त्चभलम) तथा कृषि मौसमी सल्लाह बुलेटिन समेत हेर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

कृषि विभागका अनुसार एप न्ययनभि एबिथ क्तयचभ बाट डाउनलोड गर्न सकिनेछ। विभागको वेबसाइटमा उपलब्ध त्तच् क्अबल प्रयोग गरेर पनि एप इन्स्टल गर्न सकिने व्यवस्था मिलाइएको छ।

Advertisement 3

विभागले डिजिटल बजार सूचना प्रणाली सञ्चालनमा आएपछि कृषकले आफ्नो उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न, मूल्यको अवस्था समयमै थाहा पाउन तथा उचित मूल्य प्राप्त गर्न थप सहज हुने विश्वास व्यक्त गरेको छ।

मोबाइल एप तथा कृषि बजार मूल्य सूचना प्रणालीबारे थप जानकारी आवश्यक परे कृषि विभागका तथ्यांक अधिकृत उर्मिला शाहीसँग सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।

प्रकाशित :२०८३ श्रावण १४, बिहीबार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry