अर्वपति खरिदार १ लाख ३५ हजार घुससहित रंगेहात पक्राउ

मालपोत कार्यालय, चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित ३ जना घूस सहित पक्राउ परेका छन् । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगका अनु्सार जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामका लागि सेवाग्राहीसँग घुस १ लाख ३५ हजार माग गरेको भन्‍ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

Advertisement 1

बस्नेत भूमि ब्यवस्थापन तथा अभिलेख विभागमा अर्बपति खरिदारका रुपमा चर्चित छन् । लामो समयदेखि बस्नेत लगातार मुद्दा फाँटमा बसी गैरकानूनी जग्गा दर्ता गरी करोडौं करोड घुस संकलन गरिसकेको कर्मचारीहरु बताउँछन । उनले धोवीखोलाको नदी उकासका सार्वजनिक जग्गाहरू पनि घुस लिएर दर्ता गरेको आरोप लाग्दै आएको छ । यस अघि नै बस्नेतविरुद्ध अख्तियारमा भ्रष्टाचार गरी आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । तर, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले उनीबाट ठूलै रकम लाभ लिएर तामेलीमा हालेका थिए । मालपोतका खरिदार बस्नेतले अस्वभाविक सम्पत्ति आर्जन गरेको भनी अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि अहिले घुससहित रंगेहात पक्राउ परेका हुन ।
बस्नेतले यस अघि धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानूनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप छ ।

खरिदार बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले २०७३ भदौ अन्तिममा हुलाक कार्यालयमा सरुवा गरे पनि उनले २०७३ पुससम्म रमाना लिएनन् । र, माघमा तत्कालीन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीलाई घुस दिएर पुनः चावहिलमै दरबन्दी कायम गराउन सफल भएका थिए । यसरी पदीय दुरुपयोग गर्ने बस्नेत अहिले पनि चावहिल मालपोतमै असुलीमा ब्यस्त छन् । उनका बारेमा साँघुले पटक पटक ध्यानाकर्षण पनि गराउँदैआएको छ ।

Advertisement 2

सो कार्यमा संलग्न होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई घूस बापतको सो रकम लिइसकेको अवस्थामा चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

लक्ष्मण बस्नेतसहित मिति २०७८।११।१२
प्रकाशित :२०७८ फाल्गुन १३, शुक्रबार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry