सचिव बढुवा रोकिँदा वरिष्ठ सहसचिव अन्योलमा, ७ सचिव पद अझै रिक्त

काठमाडौं। नेपाल सरकारका सात सचिवको पद रिक्त हुँदासमेत बढुवा प्रक्रिया अघि नबढ्दा सचिव बढुवाको प्रतीक्षामा रहेका वरिष्ठ सहसचिवहरू अन्योलमा परेका छन्। समयमै बढुवा हुन नसके कतिपय वरिष्ठ सहसचिव सचिवमा उक्लिन नपाई अनिवार्य अवकाशमा जानुपर्ने अवस्था सिर्जना हुने देखिएको छ।
Advertisement 1
फागुनदेखि असारसम्मको ४ महिनाको अवधिमा ७ जना सचिव अनिवार्य अवकाशमा गइसकेका छन्। पछिल्लो पटक यही साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्य अनिवार्य अवकाशमा गएसँगै सचिवका रिक्त पद संख्या ७ पुगेको हो।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, वन तथा वातावरण मन्त्रालयका सचिव रामआधार शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा अन्य २ सचिव पनि उमेर हदका कारण अवकाशमा गइसकेका छन्। उनीहरूको स्थानमा हालसम्म पदपूर्ति हुन सकेको छैन।
Advertisement 2
हाल नेपाल सरकारमा सचिवको ७१ दरबन्दी रहेकामा ६५ पदमा मात्र पदपूर्ति भएको छ भने ७ पद रिक्त छन्। तर रिक्त पद हुँदाहुँदै पनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
यता सरकारले मन्त्रालयहरूको ओएन्डएम ९इचनबलष्शबतष्यल बलम ःबलबनझभलत क्गचखभथ० को काम अघि बढाइरहेको छ। उच्च स्रोतका अनुसार सरकार सचिवका कम्तीमा १० दरबन्दी कटौती गर्ने तयारीमा छ। यदि यस्तो निर्णय कार्यान्वयनमा गए सचिव बढुवाको प्रतीक्षामा रहेका वरिष्ठ सहसचिवहरू प्रत्यक्ष प्रभावित हुनेछन्। कतिपयले सचिवमा बढुवा नपाई अनिवार्य अवकाशमा जानुपर्ने अवस्था आउन सक्ने कर्मचारी वृत्तमा चर्चा छ।
Advertisement 3
हाल सचिव बढुवाको सम्भावित सूचीमा बसन्त पौडेल, इन्द्र घिमिरे, कमलप्रसाद भट्टराई, श्रीकृष्ण नेपाल, कालीप्रसाद पराजुली, नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री, आभा कर्माचार्य श्रेष्ठ लगायत वरिष्ठ सहसचिव रहेका छन्। प्राविधिकतर्फ बुद्धिसागर लामिछाने पनि सचिव बढुवाको दौडमा छन्।
बढुवा प्रक्रिया कहिले अघि बढ्छ र सरकारले सचिव दरबन्दी कटौतीसम्बन्धी निर्णय कहिले गर्छ भन्ने विषयले अहिले निजामती प्रशासनमा व्यापक चासोको विषय बनेको छ।








