संवैधानिक परिषद्को बैठकमा देउवा उपस्थित नहुने, सर्ने निश्चित
प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद् बैठक सर्ने संभावना देखिएको छ।आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन् । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ पद रिक्त छन्। ती पदमा नियुक्तिका लागि सिफारिश गर्न संवैधानिक परिषद् डाकिएको हो।
शुक्रबार आफ्ना सहयोगी नेतासहित प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा छलफलसमेत भएको थियो ।
Advertisement 1
तर, प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफ्ना सहयोगीमार्फत् आइतबार बस्ने संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्ने सन्देश पठाएका छन् ।
कांग्रेस स्रोतकाअनुसार यही मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम राखेको कारण देउवाले सहयोगीमार्फत् त्यसअघि बस्ने संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने सन्देश पठाउनुभएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्षसहित ४ आयुक्त रिक्त छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त,निर्वाचन आयोगमा २ आयुक्त पद रिक्त छ । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त पद रिक्त छ भने राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार आयुक्त रिक्त अबस्था छ भने राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार आयुक्त,समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त,आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त,
मधेसी आयोगमा चार आयुक्त रिक्त छ भने थारु आयोगमा चार जना आयुक्त र मुस्लिम आयोगमा चार आयुक्त रिक्त रहेको छ । यी समेत गरी संवैधानिक निकायमा ४५ पद रिक्त रहेका छन् ।