इन्जिनियर घुससहित पक्राउ

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको कोटहिमाइ गाउपालिकाका एक इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ।

Advertisement 1

इन्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले जानकारी दिएका छन् ।गाउँपालिकामा सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा लिदै यादवलाई गाउँपालिकाको कार्यालयबाट पक्राउ गरिएको उनले बताए।

प्रकाशित :२०८० असार २०, बुधबार १८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry