राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ :गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताएका छन्।
Advertisement 1
आज यहाँ आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा उहाँले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिए। “विसं २०८४ मा मेरो पालो आउँला÷नआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ,” उनले भने, “डर र लोभबाट टाढा रहनुपर्छ। बरु ५ वा १० वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन। महत्वाकाङ्क्षी धेरै राख्नु हुँदैन।”
नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
Advertisement 2
संस्थाका अध्यक्ष मनोजमणि अधिकारीले लोकतन्त्र र साहित्यबीच गहिरो सम्बन्ध रहेको बताउँदै यस कृतिले साहित्यप्रेमीलाई नयाँ दृष्टिकोण दिने अपेक्षा व्यक्त गरे।
कवि शाहीले आफ्नो मुक्तक सङ्ग्रहमा जीवनका विविध आयाम, सङ्घर्ष र अनुभूतिलाई समेट्ने प्रयास गरिएको बताए। कार्यक्रममा साहित्य, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो।