मन्त्रालय हेरफेर गरिँदै, गृहमन्त्री बन्दै नारायणकाजी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

Advertisement 1

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले मन्त्रालय हेरफेर गर्दैछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट स्रोतकाअनुसार माओवादी केन्द्रले आफूले पाएको मन्त्रालयहरूमा मन्त्री हेरफेर गर्दैछ ।

स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् । श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलालमोदी सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । तर, सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।

Advertisement 2

माओवादी केन्द्रले सरकारको प्रवक्ता आफैँ हुनुपर्ने निष्कर्ष निकालेको छ । सरकारको नेतृत्व पनि आफैँले गरिरहेकाले प्रवक्ताको जिम्मेवारी पनि आफैँले लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । सञ्चारमन्त्री स्वतस् सरकारको प्रवक्ता हुन्छ । यही प्रावधानअनुसार अहिले रेखा शर्मा सरकारको प्रवक्ता छिन् । प्रधानमन्त्री प्रचण्डले उनैलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित :२०७९ चैत्र १२, आईतवार ०९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry