गृहसचिव न्यौपानेलाई कोरोना संक्रमण पृष्टि :- डिआइजी बढुवा प्रभावित

गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गृहसचिव न्यौपानेले स्वाव संकलनका लागि दिएका थिए । संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसिरहेका छन् । सचिव न्यौपानेलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी केही दिनअघि तराई घुमेर आएका थिए ।
सचिव न्यौपानेलाई संक्रमण भएपछि नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि ट्रेसिङमा परेका छन् । तीनै जनालाई लिएर न्यौपाने तराईका निरीक्षण भ्रमणमा गएका थिए ।
यता गृह सचिव न्यौपानेलाई कोरोना संक्रमण भएपछि प्रहरीको उच्च तहको बढुवा प्रभावित भएको छ ।
Advertisement 1
स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आइसोलेसनमा बसेका छन् । सचिव आइसोलेसनमा बस्नुपर्ने भएपछि बढुवा सिफारिस समितिको बैठक बस्न नसक्ने भएकाले बढुवा प्रक्रिया केही साता लम्बिने भएको छ ।
हाल डिआइजीको नौ पद रिक्त छन् । जसमा २५ भन्दा धेरै एसएसपी प्रतिस्पर्धामा छन् । सन्दीप भण्डारीको ब्याचका एसएसपीहरु समेत बढुवाको दौडधुपमा छन् । नेपाल प्रहरीमा हाल ९ जना डीआईजीको दरबन्दी रिक्त छ ।