अर्थ मन्त्रालयमा उलटपुलट
अर्थमन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आन्तरिक राजश्व विभाग र भन्सार बिभाग तथा बजेट महाशाखाका गरी तीन सहसचिवलाई सरुवा गरेर बाहिरबाट दुई जना सहसचिव भित्र्याएको हो ।
Advertisement 1
मन्त्रालयको महत्वपूर्ण मानिने बजेट महाशाखाका प्रमुख भुपाल बराललाई मन्त्रालयको राजश्व महाशाखामा पठाईएको छ । त्यस्तै, आन्तरिक राजश्वका डिजी शोभाकान्त पौडेललाई अतिरिक्त समूहअन्तर्गत सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । भन्सारका डिजी नारायण सापकोटालाई पनि प्रदेशको सचिव बनाएर पठाइएको छ ।
कोइराला र ज्ञवालीलाई अहिले कुनै जिम्मेवारी तोकिएको छैन । तर, महत्वपूर्ण जिम्मेवारी दिने गरी उनीहरुलाई मन्त्रालयमा लगिएको बताइन्छ ।
Advertisement 2
दुई सहसचिवको सरुवासँगै यज्ञराज कोइराला र राजेश्वर ज्ञवाली अर्थमा लगिएका छन् । कोइराला यसअघि प्रदेशको सचिव थिए भने ज्ञवाली काठमाडौँ महानगरको कार्यकारी अधिकृत थिए । महानगरमा जानुअघि उनी शहरी विकास मन्त्रालयमा थिए ।
अर्थमा भित्र्याइएका दुवै कांग्रेस पृष्ठभूमिका कर्मचारी हुन् । कोइराला झापाको सिडियो बन्ने प्रयासमा थिए । तर, कांग्रेसभित्रको आन्तरिक समीकरण नमिल्दा उनलाई अर्थमा ल्याइएको हो ।
Advertisement 3
शेखर कोइराला समूहका उनलाई सिडियो बनाउन गृहमन्त्री बालकृष्ण खाँण तयार नभएको चर्चा उतिबेलै थियो । कोइराला र ज्ञवालीलाई अहिले कुनै जिम्मेवारी तोकिएको छैन । तर, महत्वपूर्ण जिम्मेवारी दिने गरी उनीहरुलाई मन्त्रालयमा लगिएको बताइन्छ ।
अर्थमन्त्रालयमा माओवादी नेता जनार्दन शर्माको नेतृत्व भएपनि कर्मचारीमा भने कांग्रेसीहरुकै हालीमुहाली चलेको छ । मन्त्रालयमा मधु मरासिनीको बर्चश्व छ । उनकै योजनामा दुई कांग्रेसी सहसचिवलाई महत्वपूर्ण जिम्मा दिने गरी अर्थमा हुलिएको त्यहाँका कर्मचारीहरु बताउँछन् ।