महाभियोग लगाएकोमा म खुसी छु: जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको छ ।

Advertisement 1

सत्तारूढ दलका सांसदहरुले सो प्रस्ताव आज बिहान सवा १० बजे सिंहदरबारस्थित सचिवालयमा दर्ता गरेको हो। प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सोहि विषयमा कुरा गर्दा उनले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको जनाएका छन् ।

उनले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संविधान बमोजिम संसद्लाई महाभियोग लगाउने अधिकार छ । उहाँहरूले प्रयोग गर्नु भयो । यसमा त म खुसी नै छु ।’

Advertisement 2

सो प्रस्तावको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ र समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन् ।

प्रकाशित :२०७८ फाल्गुन १, आईतवार १३:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry