यी हुन् बुबालाई खुकुरी हान्ने छोरा

सामान्य घरायसी झगडाको कारण गुल्मीमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन्।

Advertisement 1

धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागे छन् । खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ। उनको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए।

सामान्य घरायसी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाइते बनाएर भागेको प्रहरीले जनाएको छ। घटनाका आरोपितको खोजी कार्य जारी छ।

प्रकाशित :२०७८ कार्तिक ३, बुधबार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry