मिसन ०८४ लक्षित आवासीय प्रशिक्षण कार्यक्रम

अहिलेको अवस्थामा संगठन विस्तारको प्रक्रिया र ०८४ को निर्वाचनलाई अर्जुन दृष्टि बनाएर नेकपा (एमाले) वागमती प्रदेश सम्पर्क कमिटीद्धारा मकवानपुरको चित्लाङमा आयोजित दुईदिने ‘आवासीय प्रशिक्षण कार्यक्रम’ भब्यताका साथ सम्पन्न भएको छ ।

Advertisement 1

यहि भाद्र ५-६ सम्म वागमती प्रदेश सम्पर्क कमिटी सदस्यद्धय लगायत सम्बन्धित प्रदेश कमिटीका जिल्ला सम्पर्क मञ्चहरुका पदाधिकारीहरु र वागमती प्रदेशबाट सम्पर्क समन्वय कमिटीमा प्रतिनिधित्व गर्ने नेता कमरेडहरुलाई पार्टीको तर्फबाट प्रशिक्षण दिने क्रममा महासचिव एवम् उक्त कार्यक्रमको प्रमुख अतिथि शंकर पोखरेलज्युले सम-सामहिक राजनीतिक मुद्दाहरुबारे जानकारी र भावी रणनीतिको खाका कोर्न पनि सम्पर्क समन्वय कमिटीलाई निर्देशन गर्नु भयो ।

राजनीति ब्यक्ति परिवर्तन भन्दापनि समाज परिवर्तनको लागि निर्देशित हुनुपर्ने कारणले गर्दा जनतालाई एमालेप्रति आकर्षित गर्न आवेशले होइन, पार्टीले गरेका जनपक्षीय काम कार्वाहीको बारेमा बुझाएर गर्नुपर्छ भन्दै सम्पूर्ण उपस्थित प्रशिक्षार्थीहरुलाई सम्पर्क समन्वयको भूमिकालाई फराकिलो पार्न सुझाब पनि दिनु भयो । अर्का प्रशिक्षक एवम् कार्यक्रमका विशेष अतिथि पार्टी उप-महासचिव पृथ्वी सुब्बा गुरुङले पार्टीमा संगठित सस्दयहरु कम्युनिष्ट विचार र सिद्धान्तले प्रशिक्षित हुनुपर्छ भन्दै मार्क्सवादी-लेनिनवादी सिद्धान्तलाई यो मुलुकको विशेष परिस्थिति अनुरुप ढाल्न जननेता मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनलाई भुल्नु हुँदैन भन्दै प्रशिक्षार्थीहरुलाई लेनिनवादी सांगठनिक पद्धति अवलम्बन गर्न आग्रह गर्नु भयो ।

Advertisement 2

जबजको मार्गनिर्देशमा हिड्न नसक्दाको परिणाम अहिले संगठनहरुमा दक्षिणपन्थी अवसरवादको हावी र सांगठनिक अराजकता सृजना भएको हामीले स्वीकार्नु पर्दछ भन्दै अबको भावी रणनीतिमा समय सापेक्ष हुन् सांगठित सदस्यको बलमा मात्र नभएर जनताको समर्थनमा आधारित पार्टी संगठनहरु बन्नु पर्नेमा जोड दिनु भयो । तर, त्यो शक्तिको निर्माण गर्ने मूल मियो भने एमालेको बिभिन्न संगठनमा आवद्ध र कम्युनिष्ट विचारले प्रशिक्षित कार्यकर्ताको जोडबलमा नै सार्थकता प्राप्त हुनेमा विश्वास गर्नु भयो । जनवादी केन्द्रियताको अचुक सांगठनिक पद्धतिलाई बेवास्ता गर्दाको कारण पार्टीभित्र एक अधिवेशनदेखी अर्को अधिवेशनसम्म मात्र संगठनलाई पदीय लाभको लागि उपयोग गर्ने र दलीय भागबण्डाको चक्करमा लाग्दाको परिणाम हामीले हाम्रा कम्युनिष्ट आधार-इलाका जोगाउन नसकेर एकपछि अर्को गर्दै खुम्चदैँ जानु समाजवाद ब्यवस्थाप्रतिको भावी मार्गमा बिचलन देखिएको हुँदा सबैले गम्भिरताका साथ लिन भन्नु भयो ।

Advertisement 3

राजनीति भनेको सिमित झुण्डको स्वार्थ भन्दापनि जनताको मुद्दालाई जोड्दैँ जनजिविकाका सवालहरुलाई अग्रभागमा राख्दैँ तत्कालीन अवस्थामा देखिएका महंगी, भ्रष्टाचार, जनघात र राष्ट्रघात श्नृंखलाहरुको विपक्षमा दृढताका साथ उभिनुपर्ने दिन आएको औंल्याउनु भयो । संगठनलाई सुशासनको पद्धतिले रंग्याउन विधि र विधानमा जोड दिदैँ संगठित सदस्यहरुले ब्यक्तिगत लोभमा नपरी सार्वजनिक हितलाई प्राथमिकतामा राख्नुपर्ने जिकिर अर्का प्रशिक्षक स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटी ईन्चार्ज लालबाबु पण्डितले सुझाउनु भयो । यसो हुनसकेको खण्डमा मात्र शोषण, दमन र सबैखाले उत्पीडनका जननी पुँजीवादको अन्य गर्दै समानता र समतामूलक समाजवादको उदय गर्न नेकपा (एमाले) समर्थित शुभेच्छुकहरुलाई उत्साह भर्दै आगामी ०८४ को मिसनलाई सफल पार्न एकतावद्ध हुन सबैमा आग्रह गर्नु भयो ।

प्रकाशित :२०८० आश्विन ८, सोमबार ०७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry