कामना सेवा बैंकले ‘कामना सेवा कस्टमर डे’ सम्पन्न
कामना सेवा बैंकले ‘कामना सेवा कस्टमर डे’ सम्पन्न गरेको छ ।
Advertisement 1
आफ्नो सेवा तथा सुविधाहरूलाई थप सरल र ग्राहकमैत्री सेवा प्रवाह गर्न बैंकले ‘केएसबीबीएल केयर’ समेत सञ्चालनमा ल्याएको जनाएको छ । बुधबारदेखि सञ्चालनमा ल्याइएको उक्त ‘केएसबीबीएल केयर’अन्तर्गत बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘कामना सेवा कस्टमर डे’ कार्यक्रम देशव्यापीरूपमा आयोजना गरिएको बैंकको भनाइ छ ।
उक्त कार्यक्रममा बैंकले आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नाका साथै धन्यवाद ज्ञापन गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतले बैंकको उत्तरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेको भन्दै सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
प्रकाशित :२०७८ माघ २८, शुक्रबार १२:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%