भन्सार कार्यालयका ४२ कर्मचारी राजश्व अनुसन्धान विभागको छानबिनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु राजश्व अनुसन्धानको छानबिनको घेरामा तानिएको छन् ।राजश्व अनुसन्धान विभागले भन्सार छलीमा मिलेमतोको आशंकामा एकै पटक ४२ कर्मचारीहरुसँग बयान लिएको हो । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार विभिन्न भन्सार कार्यालयका ४२ कर्मचारीलाई बयानका लागि बोलाएकोमा केहीसँग बयान लिइसकेको जनाइएको छ ।
Advertisement 1
तीन वर्षदेखि नक्कली एरोबिल अर्थात हवाई भाडाको बिलका आधारमा सामानको जाँचपास गरी भन्सार छली गरेको प्रकरणमा एकै पटक ४२ कर्मचारी राजश्व अनुसन्धान विभागको छानबिनमा तानिएका हुन् । हवाईमार्गबाट ल्याइएका कार्गोमा भन्सार रकम कम देखाइएको नक्कली एरोबिलसम्बन्धी उजुुरीलाई विभागले छानबिनको दायरामा राखेको राजश्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । उक्त छानबिनमा बिगो २ करोड तोकिएको छ ।
कर्मचारीहरुले विगत तीन बर्षदेखि (०७७ देखि) वास्तविकभन्दा फरक बिल बनाएर भन्सार छल्दै आएको खुलेसँगै उनीहरु अनुसन्धानको दायरामा तानिएका हुन । वर्षौैंदेखि हुँदै आएको कम मूल्यको एरोबिलमा भन्सारसँग मिलेर अर्बाैं घोटाला भएको आशंका छ । उक्त छानबिनलाई टुंगोमा पु¥याइयो भने आगामी दिनमा त्यस प्रकारको घोटालाको सम्भावना कम हुने बताइन्छ । उदाहरण दिँदै अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘विमानले ओसारेको कार्गोको मूल्यभन्दा भन्सारमा पेश गरिएको एरोबिलमा उल्लिखित मूल्य कम पाइएको छ । कार्गो ढुवानीमा ठूलो बदमासी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यो प्रकरणको गम्भीर छानबिन हुँदै गर्दा राजश्व अनुसन्धान विभागबाट महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डका निजी सचिव सहसचिव नवराज ढुंगनालाई हाकिम बनाएर लगिएको छ ।
Advertisement 2