प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले भेटेर प्रदेशको अवस्था बारेमा जानकारी गराएको छ ।

Advertisement 1

मुख्यमन्त्री पोखरेलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर प्रदेशमा बजेट कमीले चालु आयोजना अगाडि बढ्न नसकेको, प्रदेश गौरवका आयोजना सुरु गर्न जग्गाका साथै रकम अभाव रहेको जानकारी गराएका थिए । भेटमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, अर्का मन्त्री मणिभद्र शर्मा कँडेललगायत सहभागी थिए ।

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बीच सरकार अगाडि बढिरहेको भन्दै प्रदेशको समृद्धिका लागि सक्दो सहयोग गर्ने वचन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । साथै उनले सबै प्रदेशबाट बजेटको माग आएको उल्लेख गर्दै स्रोत हेरेर सक्दो बजेट दिने बारेमा अर्थमन्त्रीसँग सल्लाह गर्ने बताएका छन ।

Advertisement 2

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा आन्तरिक स्रोत अत्यन्त न्यून भएका कारण प्रदेशको विकास आवश्यकता पूरा गर्न कठिनाइ भएको, कोभिड– १९ को महामारीका कारण प्रदेशको आन्तरिक आयमा समेत कमी आएको र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा कतिपय आयोजना स्रोतको कमीले सम्पन्न गर्न चुनौती थपिएको उल्लेख छ ।

यसैगरी मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतसँग पनि भेट गरेको छ ।

प्रकाशित :२०७८ माघ १६, आईतवार २१:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry