प्रहरी सेवामा दुःख धेरै सेवा सुविधा कम, जागिर छाड्ने लर्को
जानकारी नदिई लामो समयमा कार्यालयमा उपस्थित नभएको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीकी एक प्रहरी निरीक्षक ९इन्सपेक्टर०लाई बर्खास्त गरेको छ ।
Advertisement 1
नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्सपेक्टर लक्ष्मी थापालाई गृह मन्त्रालयले सेवाबाट हटाएको हो । इन्सपेक्टर थापा नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत थिइन् । गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी उनी त्यसयता सम्पर्कविहिन भएकी थिइन् । स्रोतका अनुसार जागिर छाडेर उनी विदेश गइसकेकी छिन् । उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमै सूचना समेत प्रकाशित गरेको थियो ।
उनले कुनै जवाफ नदिएपछि गत साता सेवाबाट हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । प्रहरी सेवामा दुस्ख धेरै तथा सेवा सुविधा कम भएकाले यसरी केही वर्षमै जागिर छाड्ने प्रवृत्ती छ । प्रहरी सेवामा दुःख धेरै तथा सेवा सुविधा कम भएकाले यसरी केही वर्षमै जागिर छाड्ने लर्को नै लागेको प्रहरीहरू बताउँछन् ।
Advertisement 2