सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन।
Advertisement 1
लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ।
आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित :२०८२ माघ २६, सोमबार १२:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














