वालुवाटारको जग्गा प्रकरणमा अख्तियारको पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई जेल चलान

अकुत सम्पत्तिको छानवीन जारी रहेकै बेला विशेष अदालत, काठमाडौंले प्राप्त प्रमाणको आधारमा पुर्पक्षको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई आज बेलुकी थुनामा पठाएको छ । मुख्य न्यायाधीश प्रेमराज कार्कीसहितको इजलासमा बस्नेतको बयान सकिएपछि कानुन व्यवसायीहरूले बहस गरेका थिए । पुर्पक्षअन्तर्गत यति समय थुनामा भन्ने हद म्याद हुँदैन ।
Advertisement 1
वरिष्ठ अधिवक्ता शम्भु थापा र पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगायतले बस्नेतको तर्फबाट बहस गरेका थिए । उनीहरूले बस्नेत सम्मानित व्यक्तित्व भएकाले सामान्य तारेखमा छाड्न उपयुक्त हुने राय पेश गरेका थिए । सरकारको तर्फबाट भने सरकारी वकिलहरू मात्र थिए । स्रोतका अनुसार अब सर्वोच्चले यो आदेश बदर गरेको अवस्थामा मात्र बस्नेत जेलबाट बाहिर आउन सक्नेछन् ।
“अब सर्वोच्चले यो आदेश बदर गरेको अवस्थामा मात्र बस्नेत जेलबाट बाहिर आउन सक्नेछन् ।”
Advertisement 2
बस्नेतलाई ललिता निवासको जग्गासमेत मिसाएर बालुवाटारमा प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना बनाउने काममा अनियमितता गरेको आरोप लागेको हो । अदालतले उक्त योजनाको शुरुआत बस्नेतले नै गरेको देखिन आएको निश्कर्ष निकालेको छ । शुरुआती प्रक्रियामा उठाइएको टिप्पणी उपसचिवबाट शुरु गरेर सहसचिव र सचिवको तर्फबाट बेरोकतोक वा कुनै विषय थपथाप नगरी मन्त्रिपरिषद्बाट सोझै पारित गराएको देखिन्छ । तत्कालीन उपसचिवको बयानमा उनले ‘माथिको निर्देशन’ बाहेक अरु केही पनि प्रष्ट नभनेको स्रोतले बताएको छ ।
सचिवसम्मका कर्मचारीले सबै निर्णयमा झैं उक्त निर्णयमा पनि राजनीतिक नेतृत्व अर्थात् मन्त्री र प्रधानमन्त्रीतर्फ नै दोष तेर्साएका थिए । तर अदालतले उपसचिवबाट उठाइएको टिप्पणीलाई सचिवसम्म उपल्लो तहका कर्मचारीले सिफारिश गर्दै लगेकोले कर्मचारी संयन्त्र नै दोषी देखाउँदै बस्नेतलाई जेलचलान गरेको हो ।