निजामतीमा जन्मियो अर्काे संगठन,संयोजक तोकिए मोहन घिमिरे

अन्तत एमाले निकट कर्मचारी संगठन औपचारिक रुपमै विभाजन भएको छ । यस अघि नेपाल निजामती कर्मचारी संगठनको व्यानरमा रहेर काम कारवाही गर्दै आएका थिए ओली निकट कर्मचारीसंगठन र माधव नेपाल निकटस्थ कर्मचारी संगठनले ।
हिजो शनिवार माधव नेपाल निकटस्थ कर्मचारीहरुले औपचारिक रुपमा अलग संगठन गठन गरेका हुन । शनिवार सम्पन्न राष्ट्रिय भेलाले एकीकृत सरकारी कर्मचारी संगठन गठन गरेको छ । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मोहन कुमार घिमिरेको संयोजकत्व तोकेको छ । घिमिरेको संयोजकत्वमा १५१ सदस्यीय अधिवेशन आयोजक समिति गठन भएको छ भने अधिवेशन आयोजक कमिटी गठन गरी ३५ सदस्यीय सचिवालय बनाइएको सो संगठनले जनाएको छ ।
कोरोना महामारीका कारण जुमका माध्यमबाट भेला गरिएको संगठनले जनाएको छ । जुममार्फत् १२ सय कर्मचारी सहभागी भएको जनाइएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल नेकपा समाजवादी निकट हो । यसअघि निजामती कर्मचारी संगठनको बहुमत हिस्सा एकीकृत सरकारी कर्मचारी संगठनमा समाहित भएको छ ।
Advertisement 1
घिमिरे यस अघि नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षको जिम्मेवारीमा रहेका थिए । कर्मचारीका हक हितका लागि निरन्तर लडिरहेका घिमिरे कुशल संगठकका रुपमा परिचित छन् ।