आजदेखि सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू

आजदेखि सरकारी कार्यालयहरुमा आलोपालो प्रणाली लागू हुने भएको छ । गत बिहिबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेका थिए ।
काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि स्थानीय प्रशासनले थप कडाइ गर्ने थालेको छ । जसअनुसार, यसअघिदेखि नै स्मार्ट लकडाउन गर्दै आएको प्रशासनले शनिवारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउने आलेश दिएको थियो ।

Advertisement 1

यसपटक धेरैजसो कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएसँगै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि १६ बुँदे निषेधको नयाँ आदेशमा शनिवारदेखि सबै सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।
यस्तै सोही निषेधको आदेशमा सार्वजनिक र सरकारी कार्यालयमा आलोपालोमा सेवाप्रवाहको प्रवन्ध गर्नुपर्ने भनिएको छ। सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयमा कर्मचारीहरुलाई आलोपालोअनुसार कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउने आदेशमा भनिएको छ।

प्रकाशित :२०७८ माघ ९, आईतवार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry