४ दिने सचिव खरेल अवकाश

चार दिनअघि सचिव बढुवा भएका सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् । मङ्गलवार ५८ वर्षे सेवा अवधिका कारण अवकाशमा गएका हुन् । शुक्रवार अपरान्हमा सिंहदरबारमा बसेका मन्त्रिपरिषद्को बैठकले तेश्रो नम्बरमा सिफारिस भएका सहसचिव शंकर प्रसाद खरेललाई सचिव पदमा बढुवा गरेको थियो। बढुवा समितिको सिफारिसमा सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो।

Advertisement 1

मन्त्रिपरिषद्ले वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा नगरी कनिष्ठ सहसचिवलाई ४ दिन भए पनि सचिव बनाएर घर पठाउने उदेश्यले सचिवमा बढुवा गरेको हो । जागिरे जीवनको लामो समय लोकसेवा आयोग,योजना आयोग,आन्तरिक राजश्व विभागमा बिताएका छन् ।

अवकाश पाउनु चार दिनअघि उनलाई सचिव बनाइएको हो । खरेल २०४४ साल साउन १ मा सेवा प्रवेश गरेका थिए। उनी २०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका थिए। उनै खरेलकै लागि अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दरबन्दी समेत थपेको थियो ।

प्रकाशित :२०७८ माघ ४, मंगलवार २०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry