थपिए तीन डिभिजन सडक कार्यालय
केपी ओली सत्तामा रहँदा यातायात अन्तरगतका केही अड्डाहरु खारेजीमा परे । नचाहिने ठाउँमा कार्यालय खोलिए, चाहिने ठाउँबाट हटाइए । डिभिजन सडक कार्यालयको हकमा यस्तो कार्य गरिएकोमा जस्लाई क्याविनेटले उल्टाइदिएको छ । डिभिजन सडक कार्यालयको हकमा जहाँ–जहाँ चाहिन्छ, त्यहाँ हटाइएको छ । नभए पनि हुने जिल्लामा राखिएको थियो । ललितपुरबाट डिभिजन सडक कार्यालय झिक्ने निर्णय भएकोमा अस्तिको क्याविनेटले त्यसलाई उल्टाइदिएको छ । ललितपुर भनेको थापाथलीदेखि लगनखेलसम्म मात्र हैन । लेले, लुकुण्डोलजस्ता अति दुर्गम गाउँ पनि त्यहीँ छन् । कर्णालीलाई विकट भनेझैं बाटोले नछोएका अनगिन्ती ठाउँ छन् । यस्तै भक्तपुर काभ्रे, मकवानपुर, सिन्धुली, सर्लाहीसम्म सिमाना जोडिने जिल्ला सिन्धुलीको डिभिजन सडक कार्यालय पनि खारेज गरिएको थियो ओलीको पालामा । बीपी राजमार्ग त्यहीँ छ । नयाँ शहरी परियोजना परेको खुर्कोटमा काम शुरु भएकै छैन । तर, मुख्य काम गर्नुपर्ने कार्यालय खारेजी गरिएकोमा अस्तिको क्याविनेटले त्यसलाई उल्टाइदिएको हो ।
यस अघि ओली सरकारको पालामा भौतिक पूर्वाधार मन्त्रालय मातहतका केन्द्रमा राखिएका ३३ वटा डिभिजन कार्यालयमध्येबाट ३ वटा डिभिजन हटाएर ३० वटा डिभिजन कार्यालय कायम गरिएकोमा वर्तमान सरकारले ललितपुर, प्युठान र सिन्धुलीमा एक–एक वटा डिभिजन कार्यालय थप गर्न क्याविनेटमा प्रस्ताव गरेकोमा अघिल्लो साता पारित भएको हो ।
एउटा डिभिजन कार्यालयमा सिनियर डिभिजन इञ्जिनियर (उपसचिव सरह) १ जना, डिभिजन इञ्जिनियर, इञ्जिनियर, सबइञ्जिनियर, लेखापाल, कम्प्युटर अपरेटरलगायत प्रशासनसमेत हेर्ने गरी कम्तीमा २० जना कर्मचारी आवश्यक पर्दछन् । यो हिसाबले तीन वटा डिभिजन सडक थपिएसँगै मन्त्रालयमा थुप्रिएका झण्डै तीन दर्जन कर्मचारीको व्यवस्थापन बताइएको छ ।
Advertisement 1