नेपाल एअरलाइन्सका पाइलटविरुद्ध मुद्दा, झुटा शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोप

नेपाल एअरलाइन्सका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

Advertisement 1

२०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।उनले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिल अन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुर बाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको भन्दै झुट्टा प्रमाणपत्र पेस गरेको जनाइएको छ ।

आयोगमा उजुरी परेपछि छानबिन गर्दा शाहीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले दिए । उनका अनुसार शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको मागदावी लिइएको छ ।

प्रकाशित :२०८० पुष १९, बिहीबार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry