प्रमुख प्रशासकीय अधिकृतसहित १० विरुद्ध साढे २८ लाख हिनामिनाको मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक १० जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ । अख्तियारले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनालाई प्रतिवादी बनाएर आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
Advertisement 1
नगरपालिकाको वडा नं ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सारुसहित इन्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सब–इन्जिनियर हस्तबहादुर मल्ल, वडानम्बर ८ का वडाध्यक्ष कर्ण रावल, वडानम्बर ७ का सदस्य पशुपति शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यस्तै, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल, कोषाध्यक्ष बिजुली मल्ल, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत र सदस्य हजरकला कामीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
Advertisement 2
उनीहरुको मिलेमतोमा गलत तथा झुट्टा नापी किताब, प्राविधिक बिल र कार्यसम्पन्न प्रतिवेदन तयारी पारी २८ लाख ६२ हजार ४५९ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको छ ।