बागमतीले राख्न थाल्यो प्रदेश र स्थानीय तहका कर्मचारीको अभिलेख,१६ सयलाई तत्काल लाभ

प्रदेश लोकसेवा आयोगमार्फत उत्तीर्ण भई कार्यरत कर्मचारीको व्यक्तिगत विवरण राख्ने वैधानिक निकाय नुहँदा समस्या खेपिरहेका कर्मचारीहरुको समस्या अब सामाधान हुने भएको छ ।

Advertisement 1

राष्ट्रिय किताबखाना (निजामती) र बागमती प्रदेश सरकारबीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारीअनुसार यस्तो समस्याको सामाधान हुन लागेको हो ।
सहमती अनुसार,बाग्मती प्रदेश लोकसेवा आयोगबाट सिफारिस भइ प्रदेश र स्थानीय निकायमा नियुक्ति पाएका कर्मचारीहरुको वैयक्तिक विवरण सहितको अभिलेख प्रदेशमै राख्ने तयारी भइरहेको छ ।
यस अघि संघीय निजामती सेवा ऐनका कर्मचारी (समायोजनपछि प्रदेश र स्थानीय तहमा गएका) सहितको वैयक्तित विवरण (सिटरोल) निजामती किताबखानाले राख्दै आएको बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित प्रदेश किताबखानाले प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वैयक्तिक विवरण राख्न लागेको हो । यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौँ कर्मचारीको विवरण पनि अब अद्यावधिक हुने भएको छ ।

राष्ट्रिय निजामती किताबखानाले प्रादेशिक पिआइएस पोर्टल बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै प्रदेशमै वैयक्तिक विवरणसहितको अभिलेख राख्ने बाटो खुलेको हो ।
यससँगै प्रदेश लोकसेवा आयोगबाट उत्र्तीण भइ विभिन्न प्रदेश र स्थानीय तहमा कार्यरत एक हजार ६ सयभन्दा बढी कर्मचारीहरुको व्यक्तिगत विवरण वैयक्तिक विवरण प्रणाली (पिआइएस)मा जोडिने बाटो खुला भएको छ । बाग्मती प्रदेश लोकसेवा आयोगले विगत तीन बर्षदेखि प्रदेश र स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि सिफारिस गर्दै आएको छ । यो बीचमा चौथौं तहदेखि नवौं तहसम्मका कर्मचारीहरु विभिन्न सरकारी निकायमा कार्यरत छन् तर उनीहरुको व्यक्तिगत विवरण कतै समावेश भएको थिएन ।

प्रकाशित :२०८० बैशाख २८, बिहीबार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry