सनराइज बैंकको ‘सनराइज केयर’ सार्वजनिक

सनराइज बैंकले अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ । उक्त प्लाटफर्ममार्फत् बैंकिङसम्बन्धी विभिन्न सेवाहरू बैंक नगई अनलाइनमार्फत नै लिन सकिनेछ । सनराइज केयर विभिन्न बैकिङ सुविाधाहरू एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो ।

Advertisement 1

यसमार्फत डेबिट कार्डको अनलाइन अकाउन्ट ओपनिङ, पिन रि–इस्यु, ग्रिन पिन चेन्ज, इकर्मस अपडेट, मोबाइल बैंकिङ ब्लक/अनब्लकलगायत सेवासम्बन्धी आवेदन अनलाइनबाटै दिन सकिने पनि बैकले जनाएको छ ।

आगामी दिनहरूमा सनराइ केयरमा अन्य बैंकिङ सेवाहरू पनि थप गर्ने योजना बैकको रहेको पनि उल्लेख छ । यस प्लाटफर्मलाई अत्याधुनिक प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ । बैंकको १६० एटिएम, १३९ वटा शाखा, १२ एक्सटेन्सन काउण्टर, ८१ शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन्

प्रकाशित :२०७८ पुष २८, बुधबार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry