पावरवाला सचिवको संघमै पदस्थापन, निम्सरालाई प्रदेश र अत्तिरिक्तमा

सायद यसैलाई होला मत्स्य न्याय भनिएको चाहिँ । ५ पटकसम्म सचिव बढूवा सिफारिस भएर अन्यायमा परेर सचिव बढूवा भएका गोकर्णमणि दूवाडीलाई अन्तत २ नम्बर प्रदेशतिर खेदिएको छ । जबकी उनीसगैं सचिवमा बढूवा भएका डा योगेन्द्र कुमार कार्कीलाई कृषिमै पदस्थापन गरिएको छ भने उनीभन्दा पछि सचिव बढूवा भएका डा पेमनारायण कडँलेलाई कृषि मन्त्रालयमै पदस्थापन गरिएको छ । यस्तै अन्याय भुक्तमान गर्ने अर्काे सचिव हुन सुरेश आचार्य । उनी २० प्रतिशत कोटाबाट सचिव बढूवा भएका हुन् योगेन्द्र कुमार कार्कीझैं । तर उनलाई अझैं जिम्मेवारी दिइएको छैन् । १४ महिना अघि नै सचिव बढूवाका लागि सिफारिस भएर अन्याय भुक्तमान गरिरहेका उनी सचिवमा बढूवा त भए तर अतिरिक्त समूहमै थन्काइएको छ अझैं । उनी दैनिक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पुग्छन्,हाजिर गर्दछन् र घर फर्कन्छन् ।

Advertisement 1

यता सरकारले हालै मात्र सरकारले दुइ सचिबको सरूवा तथा पदस्थापना गरेको छ । प्रमुख सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अतिरिक्त समूहमा तानेर त्यहाँ गोकर्णमणि दूवाडी खटाइएको छ ।खासमा सचिव बढूवा हुने वित्तिकै उनीहरुको हकमा प्रदेशको प्रमुख सचिव बनाएर खटाउने चलन छ । यो नियम निम्सरा कर्मचारीलाई मात्र लाग्ने हो ? पावरवाला कर्मचारीको हकमा चाहिँ लागू नहुने हो । जस्तो कि अघिल्लो पटक गोकर्णमणिभन्दा जुनियर मधु मरासिनी सचिवमा बढूवा भए बढूवा हुने वित्तिकै उनको पदस्थापन महालेखा नियन्त्रकको कार्यलयमा भयो । जबकी त्यो समय कर्णाली प्रदेश प्रमुख सचिव बिहिन थियो ।यस्तै सुरेशको हकमा पनि उनको पदस्थापन किन भइरहेको छैन जबकी राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक सचिवको दरबन्दी हो । त्यहाँका सचिव ऋृषि शर्माले अवकाश पाएसँगै त्यहाँ सचिव रिक्त छ । यस्तै राष्ट्रिय सूचना आयोगमा पनि सचिव पद रिक्त छ ।


यस्तै छेन्दु महावाणिज्य दूतकालागि सहसचिव दिनेश कुमार घिमिरेको नाम पठाइएको छ ।उनी प्रदेशमा खटाइएर पनि नजाने कर्मचारी हुन् ।

Advertisement 2

चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा अवस्थित नेपालको महावाणिज्य दूतावासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव दिनेश कुमार घिमिरेको नाम पठाइएको हो ।

प्रकाशित :२०७७ मंसिर २२, सोमबार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry