“अध्यक्ष र प्रधानमन्त्री छाड्दिनँ, स्थायी कमिटीको काम छैन” :- प्रधानमन्त्री ओली


शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्यो । झण्डै सवा तीन घण्टा चल्यो सचिवालय बैठक । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पूरानै अडानमा छन् । त्यहाँ प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको लान्छनायुक्त आरोपका विषयमा कुनै पनि कमिटीमा छलफल हुन नसक्ने बताएका छन् साथैं भोलिका लागि तय भएको स्थायी कमिटी बैठक बस्नु भन्दा पहिला प्रचण्डले पेश गरेको आरोपपत्र फिर्ता हुनुपर्ने अडान दोहोर्याएको वालवाटार स्रोतको भनाई छ ।

Advertisement 1

पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए । भोलीका लागि नै स्थायी कमिटिको बैठक डाकिएको छ तर प्रधानमन्त्री ओलीले ‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’

‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’
‘पार्टीको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित भोलि १ बजे स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नै हुने कुरालाई निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । स्थायी कमिटिको बैठक राख्न प्रधानान्त्री अनुच्छिुक देखिएका कारण उनी उपस्थित हुनेमा भने ंशका गर्दछन् नेकपा नेताहरु ।

प्रकाशित :२०७७ मंसिर २०, शनिबार १९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry