बाँकेमा बजार अनुगमन तीव्र
जिल्ला जिल्ला प्रशासन कार्यालय बाँकेले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले केहि दिन देखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो । प्रशासनले अहिले दैनिक रुपमा जिल्लाका नेपालगन्ज र कोहलपुर लगायतका बजारमा अनुगमन गर्दै कैफियत पाइएमा कारबाही समेत गर्दै आएको छ ।
Advertisement 1
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसमेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा विभिन्न पसल तथा फर्महरूले उपभोक्ता हित विपरीत काम गरेको पाइएकाले कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार नेपालगन्ज –११मा सञ्चालनमा रहेको पोरेवाल किराना पसलमा एक हजार १ सय २० रुपैयाँ बराबरको म्याद समाप्त भएका पेय पदार्थ नष्ट गरिएको छ । कोहलपुर क्षेत्रका औषधीजन्य कारोबार गर्ने फर्महरूमा पनि अनुगमन गरिएको प्रजिअ पोखरेलले बताए ।
यसै गरी कौशल्या मेमोरियल हस्पिटल प्रा.लि. (फर्मा डिभिजन)ले केही औषधि भारतबाट सिधै खरिद गरेर ल्याएको पाइएपछि अनुगमन टोलीले जफत गरेको छ । पानस फर्मास्युटिकल प्रा.लि. नेपालगन्जलाई म्याद समाप्त भएपछि बजारबाट फिर्ता भएका औषधि राख्न पर्याप्त ठाउँ बनाउन र औषधि नष्ट गर्ने स्थानमा समेत सुधार गर्न निर्देशन दिएका प्रजिअ पोखरेलले बताए ।
Advertisement 2