सैनिक श्रीमती सङ्घद्वारा राहत वितरण

महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडा सहित राहत वितरण गरेको छ । बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गरेका छन । मटिहानी नगरपालिका–४ मझौरा मुसहरीटोलका रौदी सादाले सामग्री पाएपछि भने,“ यसपालिको जाडोबाट बचिएला । ”

Advertisement 1

साठी मुसहर परिवारलाई ओढ्ने कम्बल र खाद्यान्नसहितको राहत वितरण गरिएको थियो । परिकौलीस्थित रणभीम गणले जिल्लाकै सुदूरदक्षिणपश्चिमवर्ति सम्सी गाउँपालिका–५ पोखरभिण्डाको मुसहर बस्तीकी ललिता सादालाई घरमै राहत वितरण गरेको छ । गणपति प्रमुख सेनानी शिवहरि केसीले उनलाई राहत सामग्री वितरण गरेका थिए । विसं २०६८ को राष्ट्रिय जनगणनाका अनुसार जिल्लामा २३ हजार ३६४ मुसहर रहेका छन् ।

प्रकाशित :२०७८ पुष १९, सोमबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry