यी हुन माओवादीका केन्द्रीय सदस्य ११ दम्पत्ति
माओवादीका केन्द्रीय सदस्यमा प्रचण्डकै घरका चार जना परेका छन् । छोरी,बुहारी,स्वकीयसम्म एकाघरबाटै परेका छन् । उता ११ जोडी दम्पत्ति नै केन्द्रीय सदस्य बन्दा रसुवा,काभ्रे जिल्ला भने निल हुन पुगेको छ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा एकै घरका श्रीमान्श्री-मती नेताहरूको पनि उपस्थिति छ।
Advertisement 1
मन्त्री शशि श्रेष्ठ र उनका श्रीमान् लिलामणी पोखरेल केन्द्रीय सदस्य बनेका छन् । बालावति शर्मा र देवेन्द्र पौडेल केन्द्रीय सदस्य बनेका छन् । देब गुरुङ र यशोधा गुरुङ केन्द्रीय सदस्य बनेका हुन् । अमृता थापा र हितमान शाक्य केन्द्रीय सदस्य बनेका छन् । सत्या पहाडी र शक्ति बस्नेत केन्द्रीय सदस्य बनेका छन् । रेखा शर्मा र कृष्णध्वज खड्का केन्द्रीय सदस्य बनेका हुन् । कमला रोका र गणेशमान पुन केन्द्रीय सदस्य बनेका छन् । ओनसरी घर्ती र बर्षकमान पुन केन्द्रीय सदस्य बनेका छन् । ताराकुमारी घर्ती र कुलप्रसाद केसी केन्द्रीय सदस्य बनेका छन् । कल्पना धमला र देवेन्द्र पराजुली केन्द्रीय सदस्य बनेका छन् । सीता पोखरेल र विश्वनाथ साह केन्द्रीय सदस्य बनेका छन् त्यस्तै दिलिप प्रजापति र प्रतिमा श्रेष्ठ केन्द्रीय सदस्य बनेका हुन् ।
माओवादीको आइतबार सकिएको महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।